भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस पक्षमा परिमाणात्मक थालनी गरेकोमा खुसी व्यक्त गरेका छन् ।

आइतबार बिहान उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे। “पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरुरी छ” उनले भने, “त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ।”

“वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र सङ्कल्पका अघि बढौँ।”

प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अङ्ग र तहहरूको समन्वयात्मक भूमिका र सङ्कल्प हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, “वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र सङ्कल्पका अघि बढौँ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना व्यक्त गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा।डा। सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो।

उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवाद उन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवम् यातायातका क्षेत्रमा कयौँ सुधार थालिएको बताए। उनले त्यसका लागि कयौँ ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औँल्याए ।

त्यसक्रममा पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए ।

यस्तो पूर्वाधार विकास प्रणाली सुधार कार्यदल

पूर्वाधारतर्फ

१. सूर्यराज आचार्य –संयोजक
२. सुनिलबाबु श्रेष्ठ – सदस्य
३. रामेश्वर खनाल – सदस्य
४.अरुणध्वज अधिकारी – सदस्य
५. कोमलराज पाण्डे –सदस्य
६.राजेन्द्रराज शर्मा – सदस्य
७.विरेन्द्र पाण्डे –सदस्य
८. रोजी प्रधानांग – सदस्य
९. मन्त्रालयको योजना महाशाखा प्रमुख (शिव नेपा) – सदस्य सचिव
यातायात तर्फ
१. शरदचन्द्र पौडेल – संयोजक
२. पदम पौडेल –सदस्य
३. मधुसुदन पौडेल –सदस्य
४. बिज्ञानराज शर्मा –सदस्य
५. ई. विजय गौतम –सदस्य
६. यातायात व्यवसायी महासंघ –सदस्य
७. यातायात विभाग महानिर्देशक (तुल्सी गौतम)–सदस्य सचिव

कमेन्ट गर्नुहोस्