पोखरा डाँडाकोनाकमा माइक्रो बस दुर्घटना ४२ जना घाइते

पोखरा । पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले घटनास्थलबाट दिएको जानकारी अनुसार घाइतेहरुको उद्धार गरि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा ल्याइएको छ ।

बस सडकबाट खोल्सामा खसेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्