पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदलको संयोजकमा प्रा.डा.आचार्य

काठमाडौं । सरकारले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरु सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेको छ ।

उपप्रधान एवम् भौतिक पूर्वाधान मन्त्री नारायणकाजी श्रेष्ठले सुझाव कार्यदल बनाउने प्रस्ताव प्रधानमन्त्री समक्ष लगेका थिए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री बसेको बैठकले आर्चायलाई उक्त कार्यदलको संयोजक बनाएको हो ।

कार्यदलमा सुनिलबाबु श्रेष्ठ, रामेश्वर खनाल, अरुणध्वज अधिकारी, कोमलराज पाण्डे, राजेन्द्रराज शर्मा, वीरेन्द्र पाण्डे र रोजी प्रधानांग सदस्य छन्।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, योजना महाशाखा प्रमुख शिव नेपाल कार्यदलको सदस्य सचिव रहेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले यसअघि यातायात, शुसासन सुधार कार्यादल गठन समेत गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्