युद्धको बहानामा रुसमाथि दिर्घकालीन प्रतिशोध साँध्न हुँदैन : इमानुएल म्याक्रोन

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुस र युक्रेनबीचको युद्ध सैन्य कारबाहीबाट अन्त्य नहुने बताएका छन् ।उनले युद्धमा रुसलाई पराजित गर्नुपर्ने भएपनि त्यसैको बाहानमा रुसलाई प्रतिशोध साँध्न नहुने बताएका छन् ।

फ्रान्सेली सञ्चार माध्यमसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोनले भने –‘युद्धमा रुसलाई हराउनुपर्छ तर युद्धको बहानामा रुसमाथि दिर्घकालीन प्रतिशोध साँध्न हुँदैन ।’

म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुन विश्वका शीर्ष नेताहरु जर्मनी पुगेका बेला राष्ट्रपति म्याक्रोको उक्त भनाइ सार्वजनिक गरेका हुन्। सोही सम्मेलनमा विश्वका शक्ति देशहरुले युक्रेनमाथिको सैन्य सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

सोही क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनको बुचा, इरपुन, मारियुपोल र अन्य ठाउँमा भएका युद्ध अपराधका लागि रुस जवाफदेही हुनुपर्ने बताए । युक्रेनको पुनर्निर्माणमा लगानी गर्न दवाव दिनुपर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्