पशुपति क्षेत्र विकास कोषद्धारा महाशिवरात्रिमा आएका साधुसन्तको बिदाई

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाई गरेको छ ।

महाशिवरात्री २०७९ को अवसरमा देश विदेशबाट आएका साधु सन्तलाई दक्षीणा सहित विदाइ गर्न गरिएको हो ।

कोषले शिवरात्रीमा आएका चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरेको हो । उनीहरुलाई वरिष्ठताका आधारमा कोषले पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिएर विदाई गरेको छ ।

महाशिवरात्रीमा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

कमेन्ट गर्नुहोस्