काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान रद्द गर्न निर्देशन दिएको छ।
पाइटल र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।
यसअघि गुण एयरले जहाज मर्मतको कारण देखाउदै आफ्ना उडान बन्द गरेको थियो ।
गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। गुण एयरले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आएको छ ।