रुस युक्रेन युद्धको एक वर्ष पुग्नै लाग्दा अचानक किएभ पुगे बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किएभ पुगेका छन्।आइतबार दिउँसो उनी किएभ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा राष्ट्रपति बाइडेनले किएभ भ्रमण गरेका हुन्।

किएभ पुगेपछि ट्विट गर्दै बाइडेन युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूर्ण प्रतिबद्धता व्यक्त गर्न रूसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले आज युक्रेनको भ्रमण गरेको बताएका छन्।

कमेन्ट गर्नुहोस्