काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्रको पदाधिकारी बैठकमा आगामी राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिका विषयमा छलफल चलेको एक नेताले बताए ।
राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक शक्ति हो ।
नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागेका छन् ।
माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन बनाएको छ ।