एजेन्सी । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ। दक्षिण टर्कीमा सोमबार ६. ४ म्याग्निच्युडको भूकम्प गएको हो।
टर्कीको प्रकोप तथा आपतकालीन निकाय अफादका अनुसार सोमबार स्थानीय समय अनुसार २०ः०४ मा भूकम्प गएको हो।
भूकम्पमा परी ३ जनाको मृत्यु हुँदा ६ सय बढी घाइते भएका छन् । भूकम्पको धक्का सिरियामा पर्दा सिरिया र टर्कीमा गरी ६ सय बढी घाइते भएका छन्।
प्रत्यक्षदर्शीहरूले रोयटर्स समाचार एजेन्सीलाई भूकम्पले अन्टाक्यामा क्षति पुगेको बताएका छन्।
फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको करिब तीन सातापछि यो भूकम्प आएको हो।
फेब्रुअरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।