काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेटमा मंगलबार नेपाल र स्कटल्याण्ड भिड्दैछन् ।
काठमाडौंमा जारी नामिबियासहितको त्रिकोणात्मक एकदिवसिय श्रृंखलाको यो अन्तिम खेल हो । मंगलबारको खेल जित्दै नेपाल श्रृंखलामा अपराजित रहँदै श्रृंखला जित्न चाहन्छ ।
विश्वकप लिग टूको बिजेता बनिसकेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
विश्वकप लिग टु क्रिकेटको उपाधि जितिसकेको स्कटल्याण्ड पनि मंगलबारको खेल जित्दै यो श्रृंखला हत्याउन चाहन्छ । पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।
जारी श्रृंखलामा नेपालले यसअघिका तीनवटै खेल जितेको छ भने स्कटल्याण्ड दुई खेलमा विजयी तथा एक खेलमा पराजित भएको छ । नामिबिया भने सबै चार खेलमा पराजित भएको छ ।
सोमबारको खेलमा नामिबियालाई स्कटल्याण्डले ४३ रनले हराएको हो ।
सात टोली सहभागी आईसीसी विश्वकप लिग टु क्रिकेटमा स्कटल्याण्ड च्याम्पियन बनिसकेको छ । ओमान दोस्रो स्थानमा रहेको छ भने नामिबिया तेस्रो, अमेरिका चौथो, युएई पाँचौ, नेपाल छैटौं तथा पपुवा न्युगिनी सातौ स्थानमा रहेका छन् ।
नेपाली टोली–
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भिम सार्की, सुर्य तामाङ