काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घ, नेपालले सञ्चार मन्त्री रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ । आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्ने लगायतका माग राख्दै सङ्घका अध्यक्ष जन्मदेव जैसी लगायतको समूहले मन्त्री शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको हो ।
अधिकारपत्रमा श्रमजीवीहरूको पारिश्रमिक प्रत्येक २–२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएयता ३ वर्ष बितिसक्दा पनि पारिश्रमिक वृद्धि नगरिएको उल्लेख गरिएको छ ।
साथै ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका विषय सम्बोधनका लागि मन्त्री शर्मालाई पत्र बुझाएको अध्यक्ष जैसीले बताए ।