सरुवामा भनसुन प्रवृत्ति अन्त्य गर्छौं : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन्। विराटनगरमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले अब भनसुन प्रवृत्ति अन्त्य गरिने बताए।

VPS Avenger VST Crack

कर्मचारी सरुवाको बेथिति न्युनीकरण गर्न केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्न केही नीतिगत व्यवस्था गर्छौ, सरुवामा अब भनसुन चल्दैन।’

माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरुले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्न समेत मन्त्री मोदीले आग्रह गरे। उनले भने, ‘मेरो आग्रह छ, माओवादीको सरकार छ, हामीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने तपाईहरुको मानसिकता छ भने त्यो मानसिकताबाट मुक्त हुनुहोला।

ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिए। जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानूनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए।

कमेन्ट गर्नुहोस्