मस्को । रुसले डोनबासमा लामो समयदेखि चलेको द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास गर्ने कोशिस गरेको भएपनि पश्चिमाहरुले धम्किको कार्ड खेल्न खोजेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् ।
Synchro-Arts Revoice Pro VST Crack
उनले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा युक्रेनमा आक्रमण जारी राख्ने समेत बताए । साथै उनले सावधानीपूर्वक र व्यवस्थित रूपमा युद्धको तयारी गर्ने बताए ।
उनले युक्रेनमा बढ्दो तनावको लागि पश्चिमा राष्ट्र पूर्ण रूपमा जिम्मेवार रहेको बताए ।
‘पश्चिमा राष्ट्रले रुस–युक्रेन युद्धलाई विश्वव्यापी द्वन्द्वमा परिणत गर्न खोजिरहेका छन् ।’ पुटिनले भने–‘हामी त्यसको उपयुक्त तरिकाबाट प्रतिक्रिया दिनेछौं। हामी हाम्रो देशको अस्तित्वको बारेमा कुरा गरिरहेका छौं,’
हिजो आकश्मिक रुपमा अमेरिकन राष्ट्रपति युक्रेनको राजधानीमा देखिएका थिए । उनले युक्रेनलाई युद्धमा सहयोग गर्ने बताएका थिए ।
बाइडेनको भम्रण लगत्तै मिडियामा अन्तरवार्ता दिदैं युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले चीनले रुसलाई हतियार सहयोग गरे विश्वयुद्ध हुने चेतावनी दिएका थिए ।