स्कटल्यान्डविरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डविरुद्ध नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

LUXONIX Purity VST Crack 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी शृङ्खलाको अन्तिम खेलमा लक्ष्य पछ्याइरहेको नेपाली टिमबाट रोहितले ५४ बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरे ।

एकदिवसीय क्रिकेटमा रोहितको यो सातौं अर्धशतक हो । स्कटल्यान्डले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले ३० ओभरको खेल सकिदा सात विकेट गुमाएर १३० रन बनाएको छ ।

रोहितलाई क्रिजमा सन्दीप लामिछानेले साथ दिइरहेका छन् । सन्दीप सात बलमा चार रन बनाएर खेलिरहेका छन् ।

कमेन्ट गर्नुहोस्