राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक आज, को हुन मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् ।

राष्ट्रपति निर्वाचनमा कुलमतभार ५२,६२८ रहेको छ भने राष्ट्रपति बन्नको लागि कम्तिमा २६,३१५ मत भार आवश्यक पर्छ ।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् ।

१३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।

कमेन्ट गर्नुहोस्