सम्पर्कविहीन कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी हेडक्वाटरको सुचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको छ ।

पछिल्लो समय गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी गरिएको छ ।

कात्तिकदेखि यता जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा आउन भनेको छ ।

सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्