नेपालका प्रथम रक गायक खड्काको निधन

काठमाडौं । नेपालका प्रथम रक गायक माइक खड्काको निधन भएको छ । ६९ वर्षीय खड्काको आज बिहान उनकै निवास पुल्चोकमा निधन भएको हो ।

नेपाली, अंग्रेजी, हिन्दी गीत संगीतका ज्ञाता माइक खड्का नेपाली जनमानसमा नेपालका एल्भिस प्रेस्ले भनेर पनि चिनिन्छन् । उनले विधिवत रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए ।

उनले गायक ओमविक्रम विष्ट, अरुण थापा , दिव्य खालिँग र नेपालको पुरानो सांगीतिक व्याण्ड फ्रिडमसित पनि सांगीतिक सहकार्य गरेका छन्। केही अंग्रेजी गीत रेकर्ड गराएका खड्काले सो एल्बम रिलिज गर्न पाएनन् ।

सन् १९५५ जनवरी १४ का दिन ललितपुर जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएम का निर्देशक पनि थिए ।

उनकी पत्नी र एक छोरा छन् ।

कमेन्ट गर्नुहोस्