जनयुद्ध दिवस’मनाएको दश दिनपछि ओली असन्तुष्ट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।आफ्नो पार्टी सहभागी रहेको मन्त्रीपरिषद्को निर्णयप्रति केही प्रतिक्रिया नदिएका ओलीले  जनयुद्ध दिवस मनाएको दश दिनपछि अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद भएको प्रक्रिया सार्वजनिक गरे ।

जनयुद्ध शुरु भएको दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउने कार्य दुःखद भएको उनको टिप्पणी थियो ।

ओलीले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेको सरकारले यसलाई राष्ट्रिय दिवस भनेर मनाएर फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो ग¥यो ? आकस्मिक रुपमा त्यो किन गर्नु पर्‍यो ? आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो ? त्यो मैले पनि बुझेको छैन ।’

 

कमेन्ट गर्नुहोस्