काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने भएसँगै उक्त पार्टीको बैठक सुरू भएको हो।
बैठकले राष्ट्रपति निर्वाचन र सरकारबारे निर्णय गर्ने बताइएको छ । एमालेले सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना छ । यदी सरकारबाट बाहिरिने निर्णय गर्यो भने एमालेले झण्डै सयभन्दा बढि संघ देखि प्रदेशसम्मका राजनीतिक तथा संवैधानिक पद गुमाउने छ ।
८ दलले पौडेललाई समर्थन गर्दैछन्। नेकपा माओवादीले कांग्रेसलाई समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।