राप्रपाका मन्त्रीले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् ।

शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस्