काठमाडौं । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् । शनिवार दिउँसो राष्ट्रपति निर्वाचन कार्यालयमा पुगी उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् ।
तेस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।