राष्ट्रपतिमा रामचन्द्र पौडेलको उमेदवारी दर्ता (तस्बिर)

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उमेदवारी दर्ता गराएका छन् । आठ दलका नेता प्रस्तावक र समर्थक राखेर उनले भर्खरै उमेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राजमो, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीको उनलाई समर्थन रहेको छ ।

उनको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

तस्बिर : प्रदीपराज वन्त ( प्रधानमन्त्री सचिवालय )

कमेन्ट गर्नुहोस्