काठमाडौं । निर्वाचनले आयोगले स्वतन्त्र सांसद प्रभु साहको ‘आम जनता पार्टी’ लाई दलको मान्यता दिएको छ । प्रतिनिधिसभाको निर्वाचन अघि साहले एमाले पार्टी छोडेर स्वतन्त्र रुपमा रौतहटबाट चुनाव जितेका थिए ।
आयोगले संसद् सचिवालयलाई पत्र पठाउँदै २०७८ साल पुस ३० मा दर्ता भएको ‘वैज्ञानिक समाजवादी पार्टी’ को हाल नाम परिवर्तन भएर ुआम जनता पार्टीु भएको उल्लेख छ । उक्त पार्टीको अध्यक्षमा प्रभु साह रहेको उल्लेख छ ।