काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् ।
यसअघि एमाले पार्टी कार्यालय च्यासलमा बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेसँगै उप्रधानमन्त्री विष्णु पौडेल लगायत मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।