प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रा।डा। शर्मालाई प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक नियुक्त गरेको हो ।

प्रा.डा. शर्माले सोमबार नियुक्तिपत्र बुझेको बताए । पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘इन्टर्नल मेडिसिन’ विभागमा कार्यरत छन् । प्रा.डा. शर्माले इन्टरनल मेडिसिन र ग्यास्ट्रोइन्टेरोलोजीमा एमडी गरेका छन् ।

कमेन्ट गर्नुहोस्