विराटनगर । दलहरुले प्रदेश १ को नामकरण गर्ने गृहकार्य तीव्र बनाएका छन् ।पहिलो कार्यकालमा नामाकरण सम्बन्धमा केही प्रगति हुन नसकेको प्रदेश १ मा यसपटक भनेदलहरुले नामको विषय टुङ्गो लगाउन गृहकार्य तीव्र बनाएका हुन् ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताए ।
नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नै नेतृत्वमा नामको टङ्गो लगाउन गृहकार्य गरेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीसँग बालुवाटारमा भएको भेटमा प्रदेश १ को नाम राख्न ढिलाइ भएकोमा चासो राखेका थिए ।
६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले मात्र नाम राख्न सकेको छैन ।