प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ को नामकरणको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । १२ बजेर १० मिमेटमा प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली सपक्ष कोशी प्रदेश नामको प्रस्ताव दर्ता भएको हो । प्रस्तावको प्रस्तावक नेकपा एमालेका प्रदेश सभा सदस्य रामबहादुर राना मगर रहेका छन् ।

समर्थकमा नेपाली काङ्ग्रेसका भूमिप्रसाद राजवशी, एमालेका निरन राई र विदुर लिङ्थेप रहेका छन् । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेशका नामकरणसम्बन्धी प्रस्ताव आह्वानको सूचना बिहान १० बजे प्रकाशित गरेका थिए ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२)बमोजिम प्रदेश नं. १ को प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ५८(ख) को उपनियम (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा नामकरणको प्रस्ताव पेश हुने सूचनामा उल्लेख छ ।

अपराह्न १२ बजेसम्म प्रस्ताव पेश गर्ने समय तोकिएकोमा एक घण्टा समय थपिएको थियो ।

कमेन्ट गर्नुहोस्