काठमाडौं । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारीको विषादी जाँच्ने प्रस्ताव र जिटुजी मार्फत मल आयात गर्ने प्रस्तावबारे भ्रामक समाचार प्रकाशन भएको भन्दै खण्डन गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले विज्ञप्ति जारी गर्दै तथ्यहिन समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्ति मार्फत प्रवक्ता सन्जेलले तरकारीको विषादी जाच्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन अनुसारको प्रस्तावको तयारी कृषि मन्त्रालयले गरीरहेको जानकारी दिएका छन् ।
त्यसैगरी,समाचारमा उल्लेख भएबमोजिम सो प्रस्ताव कुनै मुलुकको उत्पादनतर्फ लक्षित नभइ WTO को प्रावधान अनुरुप खाद्य ऐन, २०२३ मा व्यवस्था भए अनुरुप खाद्य ऐन, २०२३ बमोजिम नेपालभर उत्पादन, आयात निर्यात एवं बिक्री वितरण हुने खाद्य पदार्थका लागि सो मापदण्ड आकर्षित हुने मन्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ताको नाम उल्लेख गर्दै जिटुजीमार्फत मल आउन नसक्ने आशयमा प्रकाशित समाचार झुटो भएको मन्त्रालयले जनाएको छ ।
साथै, मन्त्रालयले झुटा र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरेको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको विज्ञप्ति