काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोड्नुपर्ने बताएका छन् ।
बुधबार अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)का महानिर्देशक डा। ब्रुनो ओबेरल सहितको प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आईयूसीएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आईयूसीएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गरे ।
नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आईयूसीएनको सदस्य राष्ट्र रहेको छ।