काठमाडौं । ।राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले पार्टीका अन्य नेताहरु साथमा लिएर चुनावी घरदैलो अभियान सुरु गरेका छन् ।
आज बिहान नेम्वाङले नेता विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङलाई साथमा लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग उनकै पार्टी कार्यालयमा भेटवार्ता गरेका छन् ।
भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।
त्यसैगरी दिउँसो १ बजे नेम्वाङ रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न जानेछन् । रास्वपा केन्द्रीय कार्यालय नेता नेम्वाङसँग सचिव योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुनेछन् ।
त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भोट माग्न दिउँसो साढे २ बजे राप्रपा कार्यालय पुग्ने नेम्वाङले जनाएका छन् । यसअघि नेकपा एमालेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई पत्र पठाएर मत माग्ने निर्णय गरेको थियो ।
कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।