भोट माग्न गएका नेम्वाङलाई दिन माधवसँग धन्यवाद मात्रै

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफ्नो टोलीसहित नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भोट दिन आग्रह छन् । एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले अध्यक्ष नेपालको कार्यकक्षमै गएर भेटेका हुन् ।

भेटमा नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको बताउँदै भेट्न आएकोमा धन्यवाद दिन मात्रै सक्ने बताएको स्रोतले बतायो ।

भेटमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल थिए । नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्