काठमाडौं । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा बिहीबार दिउँसोबाट कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो
दिउँसो १ बजे भनिएको कार्यक्रम एक घन्टा ढिलो गरी २ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा सुरु भएको हो।
अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई राष्ट्रपति पदमा भोट माग्न उक्त कार्यक्रम आयोजना गरीएको हो ।
यस्तै, एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने आफ्ना पार्टीका नेताहरुको टिम लिएर अन्य पार्टीका नेतासँग भेटघाट गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ।