विश्वकप लिग–२ : नेपालले पायो २ सय ८ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग–२ को जारी खेलमा यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रनमा सीमित हुन पुगेको हो ।

युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाउन सफल भए । उनले ५ चौका र ३ छक्का प्रहार गरे। रोहन मुस्ताफाले ५२ रन बनाए। आर्यन लाक्राले २८ रन बनाए भने कप्तान सिपी रिजवानले २२ र भित्य अर्बिन्दले १८ रन बनाउन सफल भए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। करण केसी, आसिफ शेख र कुशल मल्लले १–१ विकेट लिए।

कमेन्ट गर्नुहोस्