काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन अखिल(क्रान्तिकारी)ले आज देशैभरका क्याम्पसहरुमा संगठन दर्ता गराएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचनमा सहभागी हुनका लागि आज(शुक्रबार) बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने जनाएको थियो सो अनुरुप देशैभरका क्याम्पसहरुमा आफ्नो संगठन दर्ता गरीएको क्रान्तिकारीका अध्यक्ष पंचा सिंहले जानकारी दिइन् ।
स्ववियु निर्वाचनको तयारीमा क्रान्तिकारी घनिभुत रुपमा लागेको महासचिव दिपेस पुनले बताए ।क्याम्पसहरुमा कमाण्डर तोकेर निर्वाचनमा होमिएको उनले जानकारी दिए ।
तस्बिर