वैदेशिक भ्रमणको विवरण उपलब्ध गराउन १६ निकायलाई पर्यटन मन्त्रालयको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैदेशिक भ्रमणसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकालेर मन्त्रालय मातहतका १६ निकायलाई आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, पारदर्शी र व्यवस्थित बनाउन भन्दै १६ निकायका पदाधिकारीहरुलाई विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

कमेन्ट गर्नुहोस्