भोट माग्दै रास्वपा पार्टी कार्यालयमा रामचन्द्र

काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उमेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडल भोट माग्दै रास्वपा कार्यालय पुगेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछानेसँग भोट माग्न पुगेका हुन् ।

बिहीबार बसुन्धरास्थित रास्वपा कार्यलयमा पुगेका पौडेलसहितका पाँच नेताहरु मत दिन आग्रह गरेका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार पौडेलले संविधानको भावना बुझ्ने र पालना गर्ने भन्दै सहयोग गर्न आग्रह गरेका छन् । छलफलमा पार्टी सभापति लामिछानेले अघिल्ला राष्ट्रपतिहरुका विषयमा समीक्षासहितको भनाइ राखेको बताए ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको बताए । उनले आफूहरु आशावादी रहेकोसमेत बताए ।

बिहीबार नेकपा (एमाले)का राष्ट्रपति उमेदवार सुवास नेम्वाङले पनि रविसँग भोट मागेका थिए ।

कमेन्ट गर्नुहोस्