काठमाडौं । उपप्रधान, भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा भ्रमणमा निस्केका छन् । उनी अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन आज (शुक्रबार) कतार भ्रमणमा निस्किएका हुन् ।
भ्रमणमा टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, माननीय जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिवहरु गणेशप्रसाद पाण्डे, मधुकुमार मरासिनी, केवलप्रसाद भण्डारी, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायत रहेका छन् ।
मार्च ५ देखि ९ सम्म हुने सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ ७ मार्चमा फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।