संविधान र गणतन्त्रको रक्षा गर्न माओवादी–कांग्रेस सहकार्य : महरा

उदयपुर । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी र नेपाली कांग्रेसबीचको सहकार्य संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नका लागि भएको बताएका छन् । उनले माओवादी कांग्रेसको ढोक्सामा परेको नभई सहकार्यकासाथ अघि बढेको बताए ।

उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए ।

“राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ”, उनले भने ।

कमेन्ट गर्नुहोस्