काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठबीच दोहामा भेटवार्ता भएको छ ।
कतारको दोहामा आयोजित अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमाको पूर्वसन्ध्यामा महासचिव गुटेर्रेस र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता भएको उप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकिय सचिव विजय गौतमले जानकारी दिए ।
एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा आयोजना हुँदैछ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’विषयमा बहस हुँदैछ ।