फेवातालमा ४ वटा डुङ्गा पल्टिएपछि…..

पोखरा । हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिन पुगेको छ । बैदाम प्रहरी कार्यालयका अनुसार दिउँसो हावाहुरी चलेका कारण डुंगा दुर्घटना हुन पुग्दा परिवार नै परेका थिए ।

परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस रहेको प्रहरीले जनाएको छ । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको हो ।

कमेन्ट गर्नुहोस्