सिन्धुलीकी पासाङ याङ्जीले पहिरिन मिस तामाङको ताज

काठमाडौ । १५ औं संस्करणको ताजसिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले पहिरेकी छिन्।

राष्ट्रिय सभागृहमा हिजो साँझ आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै याङ्जी मिस तामाङ – २०२३ को ताज पहिरन सफल भएकी हुन्। ‘अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ फर्काएर उनले निर्णायकको मन जित्न सफल भएको आयोजकले बतायो ।

सिन्धुली कमलामाई–९ की उनलाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गरे भने। प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङले पाउँदा सेकेन्ड रनर अप सिर्जना गोले तामाङ बनिनन्।

प्रतियोगितामा बिनिता लुङ्बाले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, मेलिना योञ्जनले बेस्ट ड्रेस, सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी, प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर र सबिना तामाङले मिस फोटोजेनिक टाइटल पाएका थिए।

कमेन्ट गर्नुहोस्