ओखलढुंगामा बोलेरो दुर्घटना, तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।

सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।

घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त सवारी दुर्घटनामा एकजनाको घटनास्थलमा नै मृत्यु भएको र केही घाइते भएको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्रीले उद्धारको निम्ति निर्देशन दिएका छन् ।

घाइतेहरूलाई तत्काल हेलिकप्टरमतर्फत उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका हुन् ।

प्रदेश १ का पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले घाईतेको उद्दारका लागि प्रधानमन्त्रीको निर्देशन अनुसार केन्द्र सरकारसँग समन्वय गरि २ वटा हेलिकप्टर उद्धारमा पठाइसकिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्