काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
प्रचण्ड निकट स्रोतले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई आज विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिइएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो संसदीय दलको बैठक अहिले ११ बजेका लागि बोलाएका छन् ।
सो बैठकले सरकार संचालन र सहकार्यबारे निर्णय गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।