शान्ति प्रकृया निस्कर्षमा पुर्याउन नौ दल एकमत(विज्ञप्तिसहित)

काठमाडौं । सरकार संचालनमा सहकार्य गरिरहेका सत्तारुढ नौ दलले नेपालको शान्ति प्रकृया तथा संक्रमणकालिन न्यायका विषयमा एक मत भएका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको बैठकले ‘शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निस्कर्षमा पुर्याउन’ प्रतिवद्धता व्यक्त गरेको हो।

बैठकपछि नौ दलका शीर्ष नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वकालिन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने छ।’

यसका साथै, नौ दलद्वारा जारी विज्ञप्तिमा कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिनेलगायतका विषय समेटिएको छ ।

यस्तो छ नौं दलको बैठकको निर्णय :

कमेन्ट गर्नुहोस्