इमरान खानको भाषण प्रसारणमा प्रतिबन्ध

एजेन्सी । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्वप्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई खानका भनाइ प्रसारण गर्न रोक लगाएको हो ।

आइतबार पूर्वी शहर लाहोरमा गरेको सम्बोधनमा खानले गतवर्ष आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाएका थिए ।

पूर्व क्रिकेटर समेत रहेभएका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि खान सरकारप्रति थप आक्रामक बनेका छन्। खानले आफूमाथि लागेको अनियमितताका आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूलारठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।

कमेन्ट गर्नुहोस्