जंगलको डढेलो वस्तीमा पस्यो, जलायो २ घर

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका–१ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् ।

आगलागीबाट कुम्मायक गाउँपालिका–१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि असफल भए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्