काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र)को जनवर्गिय संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले ज्ञापन–पत्र बुझाएको छ।
मंगलबार सिंहदरबारमा पुगेर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई आईसीएल अध्यक्ष सुवोध सिर्पाली नेतृत्वको टोलीले ज्ञापन–पत्र बुझाएको हो।
शान्ति प्रक्रियाविरुद्ध प्रतिगामी शक्तिहरु सल्बलाईरहेको अवस्थामा गम्भिरध्यानाकर्षणका साथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको एक नेताले जानकारी दिए ।