वर्ष प्रशिक्षकको अवार्ड अल्मुताइरीलाई

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष प्रशिक्षकको अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितेका छन् ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष प्रशिक्षकको घोषणामा राष्ट्रिय टिमका पूर्वप्रशिक्षक अल्मुताइरीले बाँकी चार मनोनीतलाई पछि पारे । वर्ष प्रशिक्षक बनेका अल्मुताइरीले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

वर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अल्मुताइरीसँगै क्रिकेट टिमका पूर्वप्रशिक्षक डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनीत भएका थिए ।

तेस्तै वर्ष पुरुष खेलाडीको घोषणामा राष्ट्रिय टिमका फरवार्ड अञ्जनले बाँकी चार मनोनीतलाई पछि पारेका छन् । वर्ष खेलाडी बनेका अञ्जनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

वर्ष पुरुषतर्फ अञ्जनसँगै क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, किरण चेम्जोङ र ब्याड्मिन्टनका प्रिन्स दाहाल परेका थिए ।

कमेन्ट गर्नुहोस्