अभिनेत्री सुरक्षा र मानवबीच लगनगाँठो

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच विवाह भएको छ । चितवनको एक रिसोर्टमा आज उनीहरूले विवाह गरेका हुन् ।

दुवै पक्षका आफन्त र केही नजिकका साथीलाई मात्रै विवाहमा बोलाइएको थियो । ६ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा रुपान्तरण गरेका हुन् ।

मानव पनि कलाकार नै हुन् । केही वर्षदेखि उनी कलाकारितामा संघर्षरत छन् ।

कमेन्ट गर्नुहोस्