एमाले–कांग्रेस एक ठाउँमा नहुने कसम खाएका छैनौं : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग सहकार्यको सम्भावना अन्त्य नभएको बताएका छन् ।

राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो आशय व्यक्त गरेका हुन् । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको छैन,’ ओलीले भने ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध हुने गरेको तर्फ इंकित गर्दै यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरू रहेको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्